
आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौर सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन् । पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थामा ‘द कार्टर सेन्टर’, युरोपेली संघ, ‘एसियन नेटवर्क फर फ्री इलेक्सन र अनकावा इन्टरनेशनल’ले पनि पर्यवेक्षणको अनुमति पाएका छन् ।
संघले लामो अवधिमा १९ पर्यवेक्षक र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्