
सोमबार काठमाडौंबाट ‘हाइ अल्टिच्युट’ हेलिकोप्टर चार्टर गरेर राजेन्द्र बजगाइँ र कांग्रेसका समानुपातिक उम्मेदवार हरिबहादुर घले गोरखाको दुर्गम गाउँपालिका चुमनुब्री गएका हुन् ।
हेलिकोप्टर लिएर सीधै गाउँमा पुगेका उनीहरुले सो गाउँपालिकाका वडा–वडामा पुगेर मत मागेका थिए ।
हेलिकोप्टर प्रयोग गर्नुअघि निर्वाचन आयोगबाट अनुमति लिनुपर्नेमा बजगाइँले आफूखुसी हेलिकोप्टर प्रयोग गरेको बुझिएको छ ।
बजगाइँविरुद्ध नेकपा एमाले र माओवादी केन्द्रले मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा उजुरी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्