८ असार २०८२, आइतबार | Sun Jun 22 2025


कांग्रेस उम्मेदवारलाई २१ किलोको माला


0
Shares

आगामी मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनलाई त्यहाँका मतदाताले २१ किलोको माला लगाएर स्वागत् गरे ।

आइतबार कान्छाराम र उनको टोलीलाई सुनापति–२ खाँडादेवीका स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारहरुलाई गरिएको स्वागत्ले आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी कांग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर खड्काले गरे ।

उम्मेदवार तामाङले आफूले मतदाताहरुबाट पाएको मायालाई निरन्तरता दिइरहने बताए ।