Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


वडाध्यक्षसहित माओवादी नेता कांग्रेसमा प्रवेश


0
Shares

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय अधिकृतसमेत थिए । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुन् ।

त्यस्तै, डडेलधुराकै वाइसीएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत तथा गन्यापधुरा गाउँपालिका–४ का सदस्य नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ता मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि कांग्रेसमा प्रवेश गरेका छन् । रासस