
७३ मतदानस्थलमध्ये २२ स्थान अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जिसीका अनुसार बाँकी २० स्थाल संवेदनशील र ३१ केन्द्र भने सामान्य मानिएको छ । उनले मतदान केन्द्रको विभाजन अनुसार सुरक्षा व्यवस्था मिलाईएकोे जानकारी दिए ।
अनुमति प्राप्त हतियार पनि निर्वाचन अवधिभर नजिकको प्रहरी इकाइ वा प्रशासनमा बुझाउन भनिएको छ । सुरक्षाकर्मीले चेकजाँच गर्दा केही गरी फेला परे त्यस्ता हतियार पनि जफत गरिने उनले बताए ।
सुरक्षा समितिले सुरक्षा गस्ती बढाउनुका साथै तथा नाका–नाकामा चेकपोष्ट स्थापना गरी सुरक्षा जाँच थालिएको उनले जानकारी दिए ।
सिमावर्ती क्षेत्रबाट समेत अवाञ्छित गतिविधि नहोस् भनेर सुरक्षा जाँचमा कडाइ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्