Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


अन्नपूर्ण पदमार्ग जोगाउन वैकल्पिक पदमार्ग निर्माण


0
Shares

लमजुङ र मनाङको हिमाली जिल्ला समेट्ने गरी तीन साता लामो पदमार्ग ७ देखि १० दिनमा छोटिएसँगै पदमार्ग जोगाउन स्थानीय होटल व्यवसायीले वैकल्पिक पदमार्ग बनाएका हुन् ।

पर्यटन विकास बोर्डको २० लाख लागतमा निर्माण गरिएको वैकल्पिक पदमार्गमा बाटो निर्माण, नक्शांकन, रेखांकन, चिह्नहरू, नजिकका पर्यटकीय आकर्षणको पहिचान गरिएको छ । बेशीशहरदेखि खुदीसम्म पदमार्ग निर्माण भइसकेको छ भने यही बर्ष चामेसम्म पुर्‍याइने लमजुङ मनाङ होटल ब्यवसाय समितिका सचिव पूर्णबहादुर गुरुङले जानकारी दिए ।

नयाँ वैकल्पिक पदमार्गको शुरुवात पूर्व सांसद जमीन्द्रमान घलेले गरे ।