२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


‘साउदी राजपरिवारका केही सदस्य भ्रष्टाचार आरोपमा पक्राउ पर्नु सुरुवातमात्र’


0
Shares

राजपरिवारका सदस्य, बहालवाला मन्त्री र पूर्व मन्त्रीलाई पक्रनु भ्रष्टाचारविरुद्धको अभियानमा सुरुवातमात्रै भएको साउदी महान्यायाधिवक्ताले प्रतिक्रिया दिएका हुन् । महान्यायाधिवक्ता शेख साउद अल मोजेबले विज्ञप्ति निकाली यो अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने दिशामा सुरुवातमात्र भएको बताए ।

अब भ्रष्टाचारको मूल कारण अन्त्य गर्ने दिशामा ध्यान केन्द्रित गरिने उनले उल्लेख गरे । पक्राउ परेकाहरुको सुनुवाई पारदर्शी रुपमा गरिने पनि उनले बताए ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचारविरुद्धको नयाँ कमिटीले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीलाई पक्रेको छ । पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि छन् ।

यसैबीच, राजा सलमानले राष्ट्रिय प्रहरी तथा जल सेनाका प्रमुख पनि परिवर्तन गरेका छन् । यो अभियानलाई युवराज सलमानको अधिकार र शक्ति बढाउने अभियानसँग जोडिएको छ ।

साउदी राजपरिवारमा राजनीतिक शक्ति हत्याउने दाउपेचसँग यो अभियान जोडिएको आशंका पनि गरिएको छ । (एजेन्सी)