Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


जाडो सुरु भएसँगै फस्टायो सिद्राको व्यापार


0
Shares

व्यापारीहरु सिद्रा बेच्ने चटारोमा छन् । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्दै आएका छन् । यहाँ सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट मानिसहरु पुग्ने गर्दछन् ।

जाडो मौसममा पहाडी जिल्लामा सिद्राको खपत बढी हुने व्यापारी बताउँछन् । जाडो हटाउन सिद्राको झोलले सहयोग गर्ने सेवाग्राहीको विश्वास छ ।

चन्द्रौटादेखि २१ किलोमिटरमा भारतको बढनी बजार पर्दछ । त्यहाँबाट सिद्रा व्यापारीले बर्षेनी लाखौंको सिद्रा नेपाल आयात गर्दछन् ।

माछाका विभिन्न प्रजाति मध्ये जुँगे, झिंगो, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्ने गरेको व्यापारी बताउँछन् । सिद्राको फुटकर रुपमा प्रतिकिलो १ सय ५० देखि ४ सय रुपैयाँमा बेचबिखन हुने गरेको छ ।