
काठमाडौं । आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्ने उदेश्यले केही बर्षअघि उत्साही युवाहरुले अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन सुरु गरेका थिए ।
पछिल्लो समय राष्ट्रिय टोपी दिवसले राष्ट्रिय स्वरुप ग्रहण गर्न थालेको छ ।
दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा ढाका टोपीमा सजिएकाहरुले र्याली समेत निकालेका छन् ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।
तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
राष्ट्रिय टोपी दिवसमा सहभागीहरुले पछिल्लो समय नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरेको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्