
आगामी मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लाङटाङ मतदानस्थल अतिसंवेदनशील मानिएको छ ।
अरु २१ ओटा मतदानस्थल संवेदनशील र १२ ओटा मतदानस्थल सामान्य रहेको जनाइएको छ ।
भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ ।
त्यस्ता स्थानमा निर्वाचनविरोधी गतिविधि हुनसक्ने भएकाले सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् ।
निर्वाचन स्वच्छ, भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न रसुवामा १ हजार ५३१ जना सुरक्षाकर्मी परिचालन गरिँदैछ ।
३२ हजार ३२३ मतदाता रहेको रसुवामा ३४ ओटा मतदानस्थल र ४५ ओटा मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्