Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘१० वर्षभित्र नेपालीको वार्षिक आय ५००० डलर’


0
Shares

उक्त गठबन्धनको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाइ अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

उनले आगामी दुई, पाँच र १० वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागतरुपमा राखिएको बताउँदै आगामी १० वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्‍याउने घोषणापत्रमा उल्लेख भएको बताए ।

उनले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत सहरकारुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपसहरमा विकास गरिने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने–‘आमजनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौं ।’

उनले आफूहरु कसैकाविरुद्ध गाली–गलौजमा नउत्रने बताउँदै ‘विचार मिल्ने अन्य पक्ष पनि ध्रुवीकृत हुनसक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ’–भने ।

उनले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली कांग्रेस तल्लोस्तरको गाली–गलौज र भ्रामक प्रचारमा उत्रिएपनि’ आफूहरुले त्यस्तो नगर्ने स्पस्ट गरे । रासस