७ असार २०८२, शनिबार | Sun Jun 22 2025


इयू निर्वाचन पर्यवेक्षण टोली परिचालित


0
Shares

इयूले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन पर्यवेक्षण मिसनको नेतृत्व क्रोयसियाबाट इयू संसदमा प्रतिनिधित्व गर्ने जेल्याना जोभ्कोले गरेको जानकारी दिइयो ।

सो मिसनमा १०० भन्दा वढी पर्यवेक्षकहरु रहेको र निर्वाचन प्रक्रियासँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाहरुको विश्लेषण गर्दै यसलाई बन्दोबस्ती तथा सुरक्षासम्बन्धी विज्ञहरुले सहयोग गर्ने मिसन प्रमुख जेल्यानाले जानकारी दिइन् ।

उनले निर्वाचनको वातावरण, मतदान र मतदानपछिको मतगणना प्रक्रियालगायतमासमेत पर्यवेक्षण गर्ने बताइन् ।

नेपाल सरकारको आग्रहमा आफूहरु पर्यवेक्षणका लागि आएको र सो काममा ३५ लाख यूरो खर्च हुने पनि जानकारी दिइयो ।

इयू सदस्य राष्ट्र र नर्वे गरी ३८ जना दीर्घकालीन पर्यवेक्षकहरु नेपालका सातै प्रदेशमा परिचालित भएको जनाइएको छ ।

२० जना अल्पकालीन पर्यवेक्षकहरु पहिलो निर्वाचनमा र अरु २४ जना दोस्रो निर्वाचनमा आउने जनाइएको छ ।