७ असार २०८२, शनिबार | Sun Jun 22 2025


सामाजिक सञ्जालमा चुनावी प्रचार तीव्र, मतदाताको आक्रोश पनि उस्तै


0
Shares

पार्टीका सक्रिय कार्यकर्ता र नेताले आफ्नो चुनाव प्रचारको माध्यम सामाजिक सञ्जाललाई बनाउन थालेका छन् ।

सामाजिक सञ्जालका भित्ताहरुमा यतिबेला मत माग्नेहरुको बाढी लाग्नेगरेको छ । कतै आश्वासन बाँडिएको छ त केहीका आक्रोश पनि सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् ।

लाखौं मतदातासँग एकैपटक सजिलै पुगिने भएकाले राजनीतिक पार्टीहरु विभिन्न पेजमार्फत् जनतासँग जोडिने प्रयासमा लागेका हुन् ।

अधिकांश दलका आधिकारिक फेसबुक पेजहरु छन् । जसमा उम्मेदवारहरुका दैनिक चुनावी गतिविधि ‘अपलोड’ गरिएका हुन्छन् ।

दलका शीर्ष नेताहरु पनि सामाजिक सञ्जालसँग जोडिएका छन् । उनीहरुको सामाजिक सञ्जालको ‘अकाउन्ट’ पनि चुनावी रङमा रंगिएका छन् ।

त्यसैगरी, उम्मेदवारहरुले पनि सामाजिक सञ्जालको भरपुर उपयोग गरेका छन् । आफ्नो दैनिक चुनावी गतिविधिलाई उनीहरुले सामाजिक सञ्जालमामार्फत् व्यक्त गरेका छन् ।

मत माग्दै गरेको, भाषण गर्दै गरेको, आफूले विगतमा गरेका कामहरु मतदातासामु पुर्‍याउन सामाजिक सञ्जालकै सहारा लिइरहेका छन् । कतिपय मतदाताहरु आफ्नो समाजिक सञ्जालमार्फत् मतसर्वेक्षणमा पनि जुटेका छन् ।

‘तपाइँको मत कसलाई ?’ सक्रिय कार्यकर्ताहरुले आफ्नो पार्टी र उम्मेदवारहरुको फोटोफ्रेम सामाजिक सञ्जालमा सजाएका छन् । सामान्य मतदाताहरुको उम्मेदवारप्रति आक्रोश र आशा दुवै पोखिएका छन् ।

सामाजिक सञ्जालका एक प्रयोगकर्ता लेख्छन्–‘कुनैपनि पार्टीले टिकट दिनेबित्तिकै चोर, फटाहा, लुच्चा, लफंगा, भ्रष्टाचारी, डाँकाहरुलाई चुनावमा मतदान गर्नुपर्ने भन्ने छैन ।’

अर्का एक प्रयोगकर्ता लेख्छन्–‘तपाइँसँग देश विकास गर्ने ग्यारेन्टी के छ नेताज्यू ? कृपया यो प्रश्न भोट माग्न आउनेहरुलाई अवश्य सोध्नुहोला ।’

त्यसैगरी, भर्खरैमात्र सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त भएको नेपाली समाजको मनोविज्ञान बुझ्न यसले सहयोग गरेको छ ।

भिडियो हेर्नुहोस्