
प्रतिनिधिसभाका लागि प्रयोग हुने ८९ हजार थान, प्रदेश सभा क्षेत्र क का लागि ४९ हजार र ख का लागि ४० हजार थान मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईपुगेको हो ।
मतपत्र पुगेसँगै रुजु गर्न र बिग्रिएकालाई समेटेर फिर्ता पठाउन कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिए ।
थापाका अनुसार समानुपातिकका लागि प्रयोग हुने थप ८९ हजार थान मतपत्र पनि ताप्लेजुङ आइपुगेको छ ।
मतपत्र पुगेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।
यसैबीच जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले आजबाट मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्