Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


चन्द माओवादीका दुई नेता पक्राउ, कार्यकर्ताहरुको भागाभाग


0
Shares

आगामी निर्वाचन बिथोल्नसक्ने भन्दै प्रहरीले नेकपाका राप्ती अञ्चल ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई बुधबार सदरमुकाम मुसिकोटबाट पक्रेको हो ।

चुनाव बहिस्कार गरेको, कालोझन्डाको आतंक मच्चाएको र चुनाव बिथोल्नसक्ने भन्दै उनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजालीले बताए ।

२५ दिनसम्म अनुसन्धान नै गर्ने भएकाले चुनावपछिमात्र रिहाइ गरिने रजालीले बताए ।

प्रहरी कारबाहीपछि जिल्लामा उक्त पार्टीका सदस्यहरुको भागदौड मच्चिएको छ ।

रोल्पामा दुईजना पक्राउ
रोल्पामा पनि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीसहित दुईजना कार्यकर्तालाई बुधबारै चुनावविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले मिझिमबाट पक्राउ गरेको छ ।

उनीहरुको साथबाट पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।