७ असार २०८२, शनिबार | Sun Jun 22 2025


चुनावी चटारोः यसरी खटिँदैछन् कर्मचारी (भिडियो)


0
Shares

२१ गते दोस्रो चरणमा हुने निर्वाचनको मतपत्र छपाइको काम पनि भइरहेको आयोगको भनाइ छ ।

कामदारलाई सामान लोड गर्न भ्याइ–नभ्याइ छ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगलाई अत्यावश्यकीय निर्वाचन सामग्री जिल्ला हुँदै मतदान केन्द्र पुर्‍याउन चटारो थपिएको हो ।

जनक शिक्षा सामग्री केन्द्रमा छापिएको मतपत्र नेपाली सेनाको सुरक्षा जिम्माका साथ तोकिएको स्थानमा पुर्‍याइँदैछ ।

आयोगमा रहेका ६२ प्रकारका निर्वाचन सामग्री मुख्य निर्वाचन कार्यालयहरुमा पठाउन कर्मचारीलाई भ्याइ–नभ्याइ छ । असिन–पसिन हुँदै कन्टेनरमा सामग्री लोड गरिरहेका कामदार पनि उत्साहित देखिन्थे ।

सर्लाही क्षेत्र नम्बर–१ का बद्री साह चुनावपछि आफ्नो गाउँघरमा पनि विकास हुन्छ कि भन्ने आशाले पनि उत्साह जगाएको बताउँछन् ।

सामग्री ढुवानी गर्ने कन्टेनर चालक पनि उत्साहित छन् । चुनावी सामग्री ढुवानी गर्ने जिम्मा पाउँदा खुसी लागेको उनीहरु बताउँछन् ।

समानुपातिक र प्रत्यक्ष दुवैतर्फका मतपत्र धमाधम छाप्ने र निर्वाचन केन्द्रमा पठाउने काम भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

भिडियो हेर्नुहोस्