७ असार २०८२, शनिबार | Sat Jun 21 2025


इलाममा ७२ वटा मतदानस्थल संवेदनशील


0
Shares

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि इलाममा सुरक्षाका दृष्टिले विभिन्न गाउँका ७२ मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।

जिल्लामा १ सय ४४ मतदान स्थल रहेका छन् । जसमध्ये संवेदनशील मानिएका मतदान स्थलका लागि छुट्टै सुरक्षा रणनीति बनाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

१४४ मतदान स्थलमा २ सय ६६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये कुनै पनि मतदान केन्द्रहरु अति संवेदनशील नरहेको प्रशासनको निष्कर्ष छ ।