प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ निर्वाचन क्षेत्र रहेको रौतहटमा २ सय ३५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
बहालवाला मन्त्री, पूर्वमन्त्रीहरु र पूर्व प्रहरी प्रमुखसमेत निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाले रौतहटको निर्वाचन रोचक बनेको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागि रौतहटमा एक बहालबाला मन्त्री, ५ जना पुर्ब मन्त्री, एक जना पुर्ब प्रहरी महानिरिक्षक सहित २ सय ३५ जना चुनाबी दौडमा छन् ।
क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका माओबादी केन्द्रका बिना बिभागिय मन्त्री प्रभु साह, क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका पुर्ब मन्त्री मोहम्मद अफताब आलम, बामगठबन्धन तर्फबाट एमाले पुर्ब राज्यमन्त्री मुस्ताक आलम र नेपाली कांग्रेसका सुुनिल यादब चुनावि प्रतीस्पर्धामा रहेका छन् ।
क्षेत्र नम्बर १ बाट मधेसबादी दलको गठबन्धनको तर्फबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एबं पुर्ब मन्त्री अनिल झा, बामगठबन्धनको तर्फबाट माओबादीका पुर्ब राज्यमन्त्री सतनारायण भगत र नेपाली कांग्रेसका कृष्ण यादब चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर ४ का बाम गठबन्धनको तर्फबाट एमालेका पुर्ब राज्यममन्त्री डा.बंशिधर मिश्र चुनाबी मैदानमा रहेका छन् । ०४८ सालको प्रतिनिधि सभाको निर्बाचनमा डा. बंशिधर मिश्र रौतहटको चार नम्बर क्षेत्र बाट बिजयी भएका थिए ।
प्रजातन्त्र प्राप्ति पछि उनी संसदिय निर्बाचनमा सबैभन्दा पुराना अनुहार हुनुहुन्छ । उहाँलाई टक्कर दिन राजपाका कन्तमणि जयसवाल र नेपाली कांग्रसका देव प्रसाद तिमल्सीना उम्मेद्धवार रहेका छन् ।
क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका पुर्ब मन्त्री मोहम्मद अफताब आलम, बामगठबन्धन तर्फबाट एमालको पुर्ब राज्यमन्त्री मुस्ताक आलम उम्मेद्धवार रहेका छन् ।
उनीहरु नातामा मामा भान्जा हुन् । उनीहरुलाई राजपाबाट किरण साहले टक्कर दिदैंछन् । रौतहटमा राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ ९१ र प्रदेशसभातर्फ १४४ गरी कुल २३५ उम्मेदवार चुनावी मैदानमा छन् ।
रौतहटमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक र एमाले—माओवादी सम्मिलित बाम गठबन्धनबीच नै प्रतिस्पर्धा हुने अवस्था रहेको छ ।





प्रतिक्रिया दिनुहोस्