काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा ओलीले देउवा र कांग्रेसले भ्रम छरिरहेको भन्दै त्यस्ता कुरा नसुन्न मतदातालाई आग्रह गरे ।
उनले चुनावपछि आफुहरु सरकारमा र अहिलेका सत्ताधारी प्रतिपक्षीमा ओर्लने दावी गरे ।
समृद्ध नेपाल बनाउन वाम गठवन्धन गरिएको भन्दै उनले चुनावपछि बन्ने सरकारको सम्पूर्ण ध्यान विकासमा केन्द्रित हुने उल्लेख गरे ।
यसैबीच, सोही कार्यक्रममा नेपालकै सबैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई नेकपा एमालेमा विलय गराइयो । योसँगै प्रजापरिषदका कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलाल पनि एमालेमै प्रवेश गरे ।





प्रतिक्रिया दिनुहोस्