नेपाली कांग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गरे ।
‘वामपन्थीको षड्यन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्’–उनले भने । देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उनको भनाइ थियो ।
संविधानको पूर्णरुपमा कार्यान्वयन र रक्षाका लागि कांग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताए ।
‘लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जित आवश्यक छ’–उनले भने ।
कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको उनले आरोप लगाए ।
संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो ।
‘कांग्रेस हार्दा जिल्लाको विकासमा बाधा पुग्छ, त्यसैले अबको चुनावमा कांग्रेसले जित्छ’–उनले भने ।
आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले महाकाली र चौलानी नदीलाई राष्ट्रिय तीर्थस्थल बनाइने बताए ।
प्रदेशसभा ‘क’का उम्मेदवार मदन गिरीले वाम गठबन्धनप्रति जनताको विश्वास गुमेकाले आफूलगायत कांग्रेसका सम्पूर्ण उम्मेदवारले जित्ने बताए । रासस





प्रतिक्रिया दिनुहोस्