बिहीबार चितवनमा अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न चुनावलगत्तै एमालेसँग पार्टी एकताको घोषणा हुने र त्यसलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।
पार्टी एकताको तयारी पूरा भइसकेको दाहालको दाबी थियो ।
‘हिजोमात्रै मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु, हाम्रोबीचमा पार्टी एकतालाई छिट्टै टुंग्याउने समझदारी भएको छ’–उनले भने ।
उनले अब कांग्रेसको फेरो समाएर सत्तामा नजाने पनि दाबी गरे ।
चितवनमा प्रतिनिधिसभा सदस्यतर्फ ३ ओटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ६ ओटा क्षेत्र रहेका छन् ।
अध्यक्ष दाहाल वाम गठबन्धनको तर्फबाट चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।





प्रतिक्रिया दिनुहोस्