
ती सबैसँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ ।
पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माधयमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जानकारी दिएका छन् ।
तीन वर्षसम्म चलेको अनुसन्धानपछि गएको शनिवार रातदेखि दुई सय एक जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ता शेख सउद अल मोजेबले जानकारी दिएका हुन् ।
जसमा राजकुमार, केही मन्त्री, ठूला व्यापारीसमेत रहेको बताइएको छन् । पक्राउ गरिएकाविरुद्ध यथेष्ठ प्रमाण जुटाइएको दावी मोजेबको छ ।
यस अभियानबाट मुलुकको आर्थिक गतिविधिमा कुनै फरक नपर्ने अभियुक्तका खाता भने बन्द गरिएको उनले बताए ।
३२ वर्षीय युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचार नियन्त्रण कमिटीले निकै तीब्र रुपमा अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
हिरासतमा लिइएकामा अरबपति व्यापारी राजकुमार अलवलीद बिन तलाल, राजकुमार मितेब बिन अब्दुल्लाह, उनका भाई तुर्की बिन अब्दुल्लाहलगायत रहेको बताइएको छ ।
मितेब पूर्व राजाका छोरा हुन्, जसलाई शनिवार नै नेशनल गार्ड चीफबाट हटाइएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्