३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


दासढुङ्गामा बस र ट्रक ठोक्किँदा १९ जना घाइते


0
Shares

चितवन, पुस १६ । नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना५ख ८०४४ नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख ८५७७ नम्बरको ट्रक जुधेका थिए । 

दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए ।

दुर्घटना राति ११ः२५ बजे भएको प्रहरीले जनाएको छ । (रासस)