
शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक’ सफलता बताउँदै राष्ट्रपति ट्रम्पले थपे, ‘एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत होे र अझै उदीयमान रहेको छ ।’
एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आजका दिनमा गरेको आर्थिक सुधार चामत्कारिक सफलता हो, राष्ट्रपति ट्रम्पले मध्य भियतनामका दानाङ शहरमा भएको एसिया–प्रशान्त आर्थिक सहायता (एपेक) को उच्च अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त धारणा राखेका हुन् ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले गरेको आर्थिक सफलताकोे प्रसंशा गर्दै भने, ‘चीनले विगत केही दशकमा बजारीकरणमा निकै सुधार ल्याएको छ जसका कारण तीब्र आर्थिक प्रगतिकोे अनुभव र रोजगारका अवसरलाई फैलाउन सफलता मिलेको छ ।’
अमेरिकाको एसिया–प्रशान्त क्षेत्रका मुलुकसँगको भूमिकाबारे बोल्दै भने, ‘हामीले यस क्षेत्रका राष्ट्रमाथि बोलवाला सिर्जना गर्ने कल्पना नगरेको तर मित्रता चाहेका हौँ ।’
अमेरिकी राष्ट्रपतिले विश्व वैंक र एसियाली विकास बैंकले उच्च गुणस्तरको आधारभूत संरचनाको निर्माणमा लगानी गर्दै यस क्षेत्रको आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने र यसमा अमेरिकाकातर्फबाट सम्भावित सहयोग रहने बताए ।
उनले राष्ट्रिय सुरक्षाका लागि आर्थिक सुरक्षा महत्वपूर्ण रहेकोमा जोड दिँदै भने, ‘विश्वले सामना गरिरहेको सुरक्षा, सार्वभौमसत्ता र स्थिरताका लागि अहिले ठूलो चुनौति रहेको छ र विश्व सुरक्षाको चासोका विषयमा सवैको प्रयास जरुरी छ ।’
उनले अमेरिकाले यस क्षेत्रका मुलुकसँग नयाँ सम्बन्ध स्थापना गर्न चाहेको र यसको उद्देश्य अमेरिकाको यस क्षेत्रका मुलुकसँगको व्यापारिक सम्बन्धलाई ‘पारस्पारिक न्याय’का आधारमा मजबुत बनाउने रहेको बताए ।
शुक्रबार समाप्त भएको ‘एपेक’ प्रमुखहरूको सम्मेलनमा विश्वका करिब दुई हजार व्यवसायीले प्रतिनिधित्व गरेका र सम्मेलन क्षेत्रीय आर्थिक विकासका लागि भएको बताइएको छ । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्