७ असार २०८२, शनिबार | Sat Jun 21 2025


मतदाता शिक्षा कार्यक्रम सुरु, २० हजार कर्मचारी परिचालन


0
Shares

पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ ।

मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ ।

उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ ।