२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


राष्ट्रपति ट्रम्प र पुटिन सिरियामा आइएसविरुद्ध लड्न सहमत


0
Shares

क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार भियतनाममा जारी एसिया प्यासिफिक सम्मेलनमा साइडलाइन वार्तापछि विज्ञहरुले यस्तो सहमति तयार पारेका हुन् ।

दुई नेताबीच सिरियाको द्वन्द्वको सैन्य समाधान नभएकोमा पनि सहमति भएको क्रेमलिनले उल्लेख गरेको छ । तर, अमेरिकाले भने सहमतिका विषयमा तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

रुसले सिरियाली सरकारलाई समर्थन गरेको छ भने अमेरिकाले सरकारविरुद्ध सक्रिय समूहलाई सहयोग गर्दै आएको छ । पछिल्लो समय अमेरिका र रुसबीचको सम्बन्ध सन्तुलित बन्न सकेको छैन ।

गत वर्षसम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी संलग्नताका बारेमा अमेरिकामा अनुसन्धान चलिरहेको छ । तर, रुसले भने आरोप अस्वीकार गर्दै आइरहेको छ । एजेन्सी