७ असार २०८२, शनिबार | Sat Jun 21 2025


पहिलो चरणको मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण


0
Shares

निर्वाचन आयोगका अनुसार गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र पहिलो चरणमा मंसिर ८ र ९ तथा दोस्रो चरणमा मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले सबैलाई सूचीत गरेको छ । रासस