७ असार २०८२, शनिबार | Sat Jun 21 2025


सप्तरीमा मतदाता शिक्षा कार्यक्रम सुरु


0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न प्रेरित गर्ने, भोट हाल्ने तरिका सिकाउने र बदर मतलाई कम गर्न मद्दत गर्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

जिल्लामा ४७८ मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा ३ लाख ४६ हजार २१४ मतदाता छन् । जसका लागि २९५ मतदानस्थल र ४७८ मतदान केन्द्र निर्धारण गरिएको छ ।