Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


अराफतबिनाको १३ वर्ष, प्यालेष्टिनीले सम्झे आफ्ना प्रिय नेतालाई


0
Shares

वेस्ट वैंकमा बसोबास गर्ने प्यालेष्टिनी तथा इजरायलमा बसोबास गर्ने उनका समर्थकको ठूलो संख्या ऐतिहासिक प्यालेष्टिनी नेता अराफतको मृत शरीरलाई गाडिएको स्थान (मौसुलियम)मा पुगी स्वर्गीय राष्ट्रपतिप्रति फूल तथा माला अर्पण गरेका थिए ।

इजरायलमा बसोबास गर्दै आएका प्यालेष्टिनी कलाकार मोफेदा अबु बाकरले स्वर्गीय राष्ट्रपति अराफातले प्यालेस्टिनीको जीवनमा महत्वपूर्ण संकेतको प्रतिनिधित्व गरेका छन् ।

उनले भने, ‘हामी यासेर अराफतलाई आफ्नो नेता भन्न पाउँदा गौरब गर्छौं । उनले प्यालेस्टिनीको अधिकारका लागि जीवनको अन्त्यसम्म संघर्ष गरेका थिए ।’

अराफतको समाधी वरपर प्यालेस्टिनी महत्वका ऐतिहासिक सामग्री रहेको संग्राहलय तथा मस्जीदहरू निर्माण गरिएका छन् । अराफात सन् २००४ को नोभेम्बर ११ मा ७५ वर्षको उमेरमा फ्रान्सको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्यालेष्टिनीले आफ्ना प्रिय नेताको इजरायलद्वारा हत्या गरेको आरोप छ । अराफतले सन् १९६९ देखि मृत्युपर्यन्त प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को आन्दोलन गरेका थिए । उनी प्यालेस्टाइनको स्थापनापछि सन् १९९४ पछि राष्ट्रपति बनेका थिए ।

सन् १९९४ मा अराफतले नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । (रासस/सिन्ह्वा)