२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


अमेरिकी निर्वाचन हस्तक्षेपका आरोप ‘हाँस्यास्पद’ र अपमानजनक : राष्ट्रपति पुटिन


0
Shares

रसियाली राष्ट्रपति पुटिन शनिबार भियतनाममा भएको एसिया प्रशान्त क्षेत्रस्तरीय शिखर सम्मेलनको शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको भेटमा निर्वाचनमा हस्तक्षेपको आरोपले आफूलाई अपमानित भएको महसुस गरेको बताएका ट्रम्पले बताए ।

पुटिनले हस्तक्षेपका आरोपहरुलाई ‘हाँस्यास्पद’ भनी टिप्पणी गरेका बताइएको छ ।

न्याय मन्त्रालयले ट्रम्पको टोलीमाथि लागेको साँठगाँठको आरोपसहितका दाबीहरुमाथि छानबिन गरिरहेको छ । छानबिनका क्रममा धेरै पूर्व प्रमुख सहयोगीहरुको नाम पनि तानिएको छ ।

सम्मेलनको क्रममा पुटिनसँग ’दुई’ वा ’तीन’ पटक संक्षिप्त कुराकानी भएको ट्रम्पले बताए ।

आफूहरूबीच सिरियामा जारी युद्धको बिषयमा छलफल भएको र यस बिषयमा सैन्य समाधान उपयुक्त नभएको तर इश्लामिक आतंकवादी जिहादी समूह (आइएसआइएस)लाई परास्त गर्ने विषयमा एकमत भएको ट्रम्पको भनाइ थियो । (रासस/एपी)