
चितवनको मंगलपुरमा आइतबार चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली कांग्रेसका नेताबाहेकलाई आफूले प्रतिद्वन्द्वी मान्नै नसक्ने बताए । कांग्रेसको जनाधार भएको क्षेत्रमा कांग्रेसका बाहेक अन्य पार्टी जसको जनाधार नै छैन, उसलाई प्रतिद्वन्द्वी मान्न नसक्ने उनले स्पष्ट पारे ।
राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई लक्षित गर्दै उनले ठेकदारहरुलाई आफ्नो प्रतिद्वन्द्वी कसरी मान्नु भन्दै प्रतिप्रश्न समेत गरे । उनले चितवनका कांग्रेसहरुले पनि आफूलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे ।
कांग्रेसका साथीहरुले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई धिक्कारेमात्रै ‘हलो’तर्फ फर्कन सक्ने नत्र उहाँहरुले पनि आफुलाई नै साथ दिने दाबी गरे ।
उनले कांग्रेसका नेताहरुलाई वाम गठबन्धन देखेर नआत्तिन आग्रह गर्दै भोलिको दिनमा लोकतन्त्रको रक्षाका लागि केही समस्या आइपरे कम्युनिष्ट र नेपाली कांग्रेस मिल्नै पर्ने अवस्था आउने समेत बताए ।
दाहालले आइतबार भरतपुरको विभिन्न क्षेत्रमा घरदैलोसँगै चुनावी सभालाई सम्बोधन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्