Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


प्रदेश २ का प्रमुखद्वारा प्रदेश प्रहरी ऐन प्रमाणीकरण


0
Shares

जनकपुर, पुस १५ । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले लामो समयदेखि विवादमा रहेको प्रदेश प्रहरी ऐन २०७५ लाई प्रमाणीकरण गरेका छन् ।

संघीय सरकारले संघीय कानुन नबनेसम्म प्रहरी विधेयक प्रमाणीकरण नगर्न आग्रह गरे पनि प्रदेश प्रमुख कायस्थले भने आईतबार प्रमाणीकरण गरेका हुन् । नेपालको सविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएकोे प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताए ।

ऐनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था संघीय कानुनले निर्धारण गरे बमोजिम हुने उल्लेख गरिएको छ । यसका साथै दफा १०० अनुसार प्रदेश लोकसेवा गठन नभएसम्म प्रदेश लोकसेवा आयोगले गर्ने उल्लेख छ ।

त्यस्तै, दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको संगठन संरचना र प्रहरी कर्मचारीको संख्या नेपाल सरकारको सहमतीमा प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था गरिएको छ ।