३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


हात्ती महोत्सव सम्पन्न, बिजुलीकलीको शानदार प्रदर्शन


0
Shares

चितवन, पुस १५ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा आयोजित १५ औं चितवन हात्ती महोत्सव आज (आईतबार) सकिएको छ । 

महोत्सवको अन्तिम दिन आइतबार हात्ती फास्टवाक, हात्ती पोलो र हात्तीका छावाहरुको फुटबलको फाइनल प्रतिस्पर्धा भएको थियो । हात्ती फास्टवाकतर्फ सौराहा बचतको प्रतिनिधित्व गरेको बिजुलीकली प्रथम हुँदा नाटाको लक्कीकली द्वितीय र मिनीसो सपिङ स्टोर्सको बम्बोकली तृतीय भए । 

यस्तै हात्तीको छावाहरुबीचको फुटबलमा एनआईसी एसिया बैंकले उपाधी जित्यो । फाईनल प्रतिस्पर्धामा एनआईसीले सिजीलाई ५–२ गोल अन्तरले पराजित गर्दै यसवर्षको उपाधी जित्न सफल भयो । एनआईसीको जितमा सौराहागजले ३ र तेजगजले २ गोल ग¥यो ।

यस्तै हात्ती पोलोको उपाधी होटल सेभेनस्टारले चुम्यो । फाईनल प्रतिस्पर्धामा होटल सेभेन स्टारले एमई टुर्स एण्ड ट्राभललाई ५–३ गोल अन्तरले पराजित गरेको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।

यसअघि शनिबार भएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधी बिजुलीकलीले जितेको थियो । 

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा यही पुस ११ गतेदेखि महोत्सव सुरु भएको थियो ।

प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको हो ।