७ असार २०८२, शनिबार | Sat Jun 21 2025


बदर मत रोक्न लमजुङमा नमुना मतदान थालियो


0
Shares

मतदान गर्ने तौरतरिका सिकाउन नमुना मतदान सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

उनले नमुना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाकाअनुसार बेसीसहरसहित सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, दोर्दी गाउँपालिकाको नौथरसेरा र मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारमा नमुना मतदान कार्यक्रम गरिँदैछ ।

लमजुङमा १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेका छन् । यीमध्ये मंसिर १० गते निर्वाचन नहुने छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका र सजिलै सवारी–साधन नजाने विकट गाउँका १८ मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ ।