६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम तिब्र


0
Shares

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा कुनै पनि मत बदर नहुने गरी निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयं सेवकलाई सक्रिय रुपमा परिचालन गरेको जनाएको छ ।

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा ग्रामीण क्षेत्रमा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जिल्लामा अत्याधिक मत रद्द भएको थियो ।

१० वटा स्थानीय तह भएको बाग्लुङमा स्थानीय तहको निर्वाचनमा १ लाख ५६ हजार ८ सय ६८ कुल मतदातामध्ये २ हजार ७ सय २७ मत बदर भएको थियो ।