
यसै क्रममा जिल्ला निर्वाचन कार्यालय कैलालीले मतदाता शिक्षा कार्यक्रम शुरु गर्न स्वयम्सेवकलाई प्रशिक्षण दिन थालेको छ ।
कैलालीमा मतदाता शिक्षा दिनका लागि छानिएका मतदाता शिक्षा कायकर्तालाई प्रशिक्षण दिएर मतदातको घर आंगनमा पठाउने तयारी थालिएको हो ।
एक मतदान केन्द्रमा एक जनाको हिसावले ५ सय ३८ जना मतदाता, स्वयंसेवक छनौट गरेर मतदान गर्ने तरिका सिकाउने काम थालिएको हो ।
तीन दिन लगाएर सवै मतादाता शिक्षा कार्यकर्तालाई दक्ष वनाएर मतदान केन्द्रमा पठाईने क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले ६ जना प्रशिक्षक मार्फत मतदाता शिक्षा कार्यकर्ताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेको मतदाता शिक्षा प्रशिक्षक यकम कलेल बताउँछन् ।
मतादाता शिक्षा दिनका लागि सामाजिक परिचालक, स्थानीय स्तरमा रहेका विद्यालयका शिक्षक र कक्षा १० उत्तिर्ण भएकालाई तालिम दिएर मतदातालाई मत हान्ने तयारी सिकाउन कार्य क्षेत्रमा खटाइन थालेको हो ।
स्थानीय तहको निर्वाचनमा धेरै समय पाएका मतदाता शिक्षा कार्यकर्तालाई यसपाली भने मतादातालाई सिकाउने समय एक महिनाभन्दा पनि कम छ ।
तर आफुहरु आफ्नो क्षेत्रका मतदाताहरुलाई सही रुपमा मतदान गर्न सिकाउने मतदाता शिक्षा कार्यकर्ता वताउँछन ।
गत असारमा भएको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा १ करोड २० लाख रुपैयाँ मतदाता शिक्षाका लागि खर्च भए पनि झण्डै १० प्रतिशत मत बदर भएका थिए ।
त्यही गुनासोलाई सम्वोधन गर्न यसपाली अझ ध्यान दिईएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका क्षेत्रीय निर्वाचन अधिकारी मोहन अर्याल बताउँछन् ।
मतदाता शिक्षा कार्यकर्ताले मतदातालाई जानकारी गराएको नामावलीसहित प्रतिवेदन वुझाउने भएपनि अघिल्ला निर्वाचनमा प्रतिवेदन अनुसारको काम नभएको प्रष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्