६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


‘व्यक्ति र आचरण हेरेर भोट दिन्छौं’ (भिडियो)


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तीन हप्तामात्रै बाँकी रहँदा कन्चनपुरका राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् ।

कन्चनपुरमा वाम गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्र, नेपाली कांगे्रस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी, राजपा नेपाल, विवेकशील साझा पार्टीलगायतका दलले अहिले गाउँपालिका र नगरपालिकाका गाउँबस्तीमा जनतामाँझ घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।

आफ्नो पक्षमा मतदान गराउनका लागि दलका उम्मेदवारहरु आ–आफना एजेन्डा र विकासका खाका लगेर सक्रिय भइ गाउँगाउँमा खटिएका हुन् ।

चुनावको तयारीका लागि आ–आफ्ना निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरी उम्मेदवारहरु आफू उठेको निर्वाचन क्षेत्रमा पर्ने सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा घरदैलो कार्यक्रम गर्दै पार्टीका एजेन्डा लिएर आफूलाई जिताउन आग्रह गर्दै जनतामाझ गइरहेका छन् ।

कन्चनपुरका स्थानीयहरु भने निर्वाचनका बेला मीठा–मीठा सपना ल्याएर आउने निर्वाचनपछि गाउँतिर मुखै नदेखाउने नेताहरुलाई जनताले बुझिसकेकोले आफूहरु निर्वाचनमा पार्टीलाई नभएर व्यक्ति र उसको आचरण हेरेर भोट दिने बताउँछन् ।

निर्वाचन कार्यालय कन्चनपुरको तथ्यांकअनुसार कन्चनपुरमा २ लाख ६४ हजार ९७३ जना मतदाता रहेका छन् भने जिल्लाभरिका १३२ मतदानस्थलमा ३२० मतदान केन्द्र रहेका छन् ।

प्रतिनिधिसभाका लागि ३ निर्वाचन क्षेत्र रहेको कन्चनपुरमा प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र तय गरिएको छ ।

जिल्लाभरिबाट ९ पदका लागि ६४ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचनलाई मध्यनजर गरी केन्द्रबाट प्राप्त निर्देशनबमोजिम जिल्लामा शान्ति–सुरक्षाको अवस्थालाई कडा पारिएको छ ।

प्रचार–प्रसारका बेला गरिने सभा, ¥याली गर्दा सुरक्षा निकायबाट अनुमति लिएर गर्नुपर्ने र मदिरा नियन्त्रण गरी शान्ति–सुरक्षामा थप बल पुर्‍याउन दलहरुबाटै प्रतिबद्धता लिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।

भिडियो हेर्नुहोस्