२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


रोहिंग्याविरुद्ध ज्यादती गरेको आरोप म्यान्मार सेनाद्वारा अस्वीकार


0
Shares

रोहिंग्या मुसलमानमाथि सेनाले ज्यादती गरेको चौतर्फी आरोप लागेपछि आन्तरिक अनुसन्धानको नतिजा सार्वजनिक गर्दै सेनाले रोहिंग्या मुसलमानको हत्या गरेको आरोप अस्वीकार गरेको हो ।

रोहिंग्याको घर जलाएको, उनीहरुको सम्पत्ति लुटेको र महिलामाथि बलात्कार गरेको आरोपसमेत सेनाले अस्वीकार गरेको छ । रोहिंग्या समुदायकै आतंकवादीले त्यस क्षेत्रमा अत्याचार गरेको सेनाको तर्क छ ।

तर, संयुक्त राष्ट्रसंघले भने म्यान्मारमा रोहिंग्याविरुद्धको ज्यादती जातीय सफायाको नमूना भन्दै चर्को आलोचना गरेको थियो । ‘एम्नेष्टी इन्टरनेशनल’ले सेनाको प्रतिवेदनलाई सफेद झूटको प्रयास भनेको छ ।

एम्नेष्टीले म्यान्मारको सेना जवाफदेही नदेखिएको भन्दै अब रोहिंग्याविरुद्धको दूव्र्यवहार दन्डित हुने विश्वस्त वातावरण तयार पार्ने जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायमा रहेको जनाएको छ ।

गत अगष्ट यता राज्यविहीन ५० लाखभन्दा बढी अल्पसंख्यक रोहिंग्या मुसलमान राज्यको दमनपछि आफ्नो थातथलो छोड्न बाध्य भएका छन् । यस मध्ये धेरै जसो बंगलादेश पलायन भएका छन् । एजेन्सी