
राजधानी लन्डनमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले खुला समाजलाई कमजोर बनाउन खोजेको बताइन् ।
बेलायती प्रधानमन्त्री मे ले रुसका सम्बन्धमा हालसम्मकै कडा टिप्पणी गर्दै रुसले पश्चिमा जगतमा फूट ल्याउन झूठा समाचार फैलाएको उनको तर्क थियो । तर, रुससँग बेलायतले निरन्तरको मुठभेड नचाहे पनि मुलुकको स्वार्थको संरक्षण गर्ने मे ले स्पष्ट पारिन् ।
चुनावमा रुसी हस्तक्षेपको विषयमा बेलायती प्रधानमन्त्री मे को टिप्पणी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा फरक छ । विधिसम्मत रुपमा चलेमात्र रुस पश्चिमा राष्ट्रको महत्वपूर्ण साझेदार बन्न सक्ने बेलायती प्रधानमन्त्रीले बताइन् ।
बेलायती विदेशमन्त्री बोरिस जोन्सन अर्को महिना रुस भ्रमणमा जाँदै छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्