६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


आचारसंहिता अक्षरस पालना गर्ने चितवनका उम्मेद्वारको प्रतिवद्धता


0
Shares

आज मुख्य निर्वाचनको अधिकृतको कार्यालय भरतपुरले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा वोल्दै उम्मेद्वारले आचर सँहिता पालना गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।

सो अवसरमा वोल्दै चितवन क्षेत्र नम्वर ३ का उम्मेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा निर्वाचनका गतिविधी भैरहेको भन्दै आगामी दिनमा पनि निर्वाचन शान्तिपूर्ण हुने बताए ।

उनले आचरसंहिताको पुर्ण पालन गर्ने प्रतिवद्धता व्यक्त गरे । चितवनमा राम्रो राजनैतिक संस्कार रहेकाले पनि देशभर राम्रो संस्कार दिने बताए ।

चितवनमा स्वच्छ र हार्दिकतापूर्ण रुपमा उम्मेद्वारले आफ्नो गतिविधी गरिरहेको उनले बताए ।

यस्तै वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले निर्वाचन आचारसंहिता अक्षरस पालना गर्न सबै लाग्नुपर्ने बताए ।

उनले भने, ‘उम्मेदवारका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका हुन्छन, आचारसंहिता सबैले पालना गर्नुपर्छ ।’

उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेद्वारलाई जनताले अविश्वास गर्ने भएकाले पनि प्रतिवद्ध भएर आचारसंहिता कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

उहांले चितवनलाई निर्वाचन आचारसंहिता पालना भएको नमुना जिल्लाका रुपमा चिनाउन सबैतह लाग्नुपर्ने बताए ।

उनले ‘खिलराज रेग्मी’ पालामा भएको निर्वाचन जस्तो निष्पक्ष र धाँधलीरहति चुनाव गराउन निर्वाचन अधिकृतहरुलाई सुझाव दिए ।

सो अवसरमा वोल्ने अन्य बक्त्ताहरुले पनि उम्मेद्वारहरु आफै सजग भए आचारसंहिता उल्लघनका घटना नहुने वताएका थिए ।