६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


कञ्चनपुरका ८६ मतदान केन्द्र अति संवेदनशील


0
Shares

कञ्चनपुरको तीनतिर भारतीय सीमा पर्ने भएकाले जिल्लाका दक्षिणी र महाकाली पारीका निर्वाचन क्षेत्र खुला सीमाका कारण अति संवेदलशील मानिएका छन् ।

निर्वाचन बिथोल्ने गतिविधि हुन सक्ने सम्भावना रहेका केन्द्रमा प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

जिल्लाका १ सय ३२ निर्वाचन केन्द्र मध्ये ८६ अतिसंवेदनशील, ३२ संवेदनशील र १४ सामान्य केन्द्रमा राखिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

कञ्चनपुरको तीन वटा निर्वाचन क्षेत्र मध्ये १ र ३ अतिसंवेदनशील र निर्वाचन क्षेत्र नम्बर २ संवेदनशील मतदान केन्द्रका रुपमा रहेको जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले जनाएको छ ।