
सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार जिल्ला निर्वाचन कार्यालयले गरेको नमुना मतदानकाक्रममा ५ प्रतिशत मत बदर भएको हो ।
नमुना मतदानकाक्रममा सर्वसाधारणलाई स्वस्तिक चिह्न छाप लगाउन र मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने विधिलगायतका विषयमा जानकारी गराइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
मतदाता शिक्षाका लागि कात्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा देखिएको अलमल हटाउनका लागि नमुना मतदान गरेको हो ।
नमुना मतदान कार्यक्रममा ६८ जना सर्वसाधारणले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्