Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


निर्वाचन आयोगमा नमुना मतदान


0
Shares

आयोगको केन्द्रीय कार्यालयमा गरिएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसमेत सहभागी भए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत हाल्ने तरिका सम्बन्धमा मतदाता र आयोगका कर्मचारीलाई सुसुचित गराउने उद्देश्यले नमुना मतदान गरिएको आयोगले जनाएको छ ।

नमुना मतदानमा मतदाताको नाम रुजु गर्ने, प्रतिनिधिसभा, प्रदेशसभा र दुईओटै सभाका लागि समानुपातिकतर्फ मतदान गर्ने विषयमा जानकारीसमेत गराइएको थियो ।