Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


मतदाता शिक्षामा सकसः मतदाता धान थन्क्याउन व्यस्त हुँदा प्रशिक्षकलाई समस्या


0
Shares

मत बदर हुने अनुपातलाई घटाउन निर्वाचन आयोगले ताप्लेजुङमा पनि मतदाता शिक्षाको अभियान तिव्र बनाएको बनाएको छ ।

तर गाउँघरमै पुगेर मतदाता शिक्षा दिनुपर्ने बेलामा मतदाता भने धान थन्क्याउन व्यस्त हुँदा मतदाता प्रशिक्षकलाई समस्या भएको छ ।

यतिबेला झोला बोकेर फुङ्लिङ नगरपालिका ७ की ईन्दु पालुङ्वा खेत–खेतमा मतदाता शिक्षा दिन हिडिरहेकी छिन् ।

निर्वाचन कार्यलयले उनलाई एक वडाका करीव ९ सय मतदातालाई निर्वाचन शिक्षा दिन खटाएको छ ।

उनले अबको करीव १० दिनमा यस स्थानका ९ सय बढी मतदातालाई अब हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सहि तरीकाले मतदान गर्न सिकाउनुपर्ने बाध्यता छ ।

ईन्दुले जस्तै ताप्लेजुङका १ सय १४ जना मतदाता शिक्षा कार्यकर्ताले शिक्षा दिईरहेका छन् ।

निर्वाचन शिक्षा दिने समय र किसानको खेतमा पाकेको धान थन्क्याउने समय एउटै भएपछि घरमा मानिस नभेटिने हुँदा र खेतसम्म नै पुग्नुपर्ने बाध्यताले अझै समय अपुग भएको ईन्दुको भनाइ छ ।

matadata2

ढिला गरी मात्र ताप्लेजुङमा निर्वाचन शिक्षा सामाग्री आइपुगेको र मतदाता शिक्षा कार्यकर्ताले पनि ढिलो मात्रै सो सामाग्री पाएकाले आफूहरुलाई सबै मतदाताकोमा पुगेर विस्तृतमा सिकाउन समस्या हुने गरेको मतदाता शिक्षा कार्यकर्ता बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा एउटै मत पत्रमा मतदान गरेका स्थानीयले यस पटकको निर्वाचनमा भने तीनवटा फरक मतपत्रमा चार ठाउँ मतदान गर्नुपर्दा मतदान केही झन्जटिलो देखिएको बताउने गरेका छन् ।

सबैलाई मतदाता शिक्षा दिनुपर्ने बाध्यता हुँदा सबै स्थानमा शिक्षाका लागि कार्यकर्ता र सामाग्री पठाई काम जारी रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख महेश कुमार ठाकुर बताउँछन् ।

यता जिल्लाका स्थानीय राजनीतिक दल र सरोकारवालाहरुले भने हतारमा गरिएको मतदान शिक्षाले मत बदर अझै बढाउने संभावना रहेको बताउँछन् ।

स्थानीय तहको निर्वाचन पनि मतदाता शिक्षा जिल्लामा कम प्रभावकारी भएकाले मत बदरको संख्या बढि देखिएकाले सचेत भएर शिक्षा दिन निर्वाचन शिक्षा कार्यकर्तालाई सुझाव दिएका छन् ।

७३ मतदान स्थल रहेको ताप्लेजुङका १ सय १४ मतदान केन्द्रमा यस पटक ७८ हजार ३ सय ९७ मतदाताले आफ्नो मताधिकार प्रयोग गने छन् ।