Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


४५ करोड अमेरिकी डलरमा बिक्री भयोे दा भिन्चीको ५०० वर्ष पुरानो ‘पेन्टिङ’


0
Shares

प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको पाँच सय वर्ष पुरानो ‘सल्भाटोर मुन्डी’ नामले प्रख्यात जीजस् क्राइस्टको तस्वीर अंकित उक्त ‘पेन्टिङ’ अमेरिकाको न्युयोर्कस्थित लिलामीमा ४५ करोड अमेरिकी डलरमा बिक्री भएको हो ।

तर, उक्त पेन्टिङ खरिद गर्नेको नाम भने गोप्य राखिएको छ ।

बीबीसी‘का अनुसार यो विश्वभर अहिलेसम्म कै सबैभन्दा महँगो ‘पेन्टिङ’ मानिएको छ । उक्त ‘पेन्टिङ’मा जिजस् क्राइस्टले एउटा हात उठाएको र अर्को हातमा ग्लास बोकेको देखाइएको छ । प्रसिद्ध चित्रकार दा भिन्चीले उक्त पेन्टिङ बनाएपछि बेलायतका राजा चाल्र्स प्रथमलाई उपहारस्वरुप प्रदान गरिएको बताइएको छ । जुन चार बर्षअघि रुसी संग्रहकर्ता दमित्री ई रयाबोलोभ्लेवले १२ करोड १० लाख अमेरिकी डलरमा किनेका थिए ।

उक्त पेन्टिङको तल्लो भाग पूरै जीर्ण बनिसकेको छ भने पेन्टिङको पछाडीको भागमा केही प्वाल परिसकेका छ । एजेन्सी