Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


लेबनानका पूर्वप्रधानमन्त्री हरिरि स्वदेश फर्किन स्वतन्त्र छन् : साउदी अरब


0
Shares

बेरुतले साउदी अरबमाथि आफ्ना नेतालाई नजरबन्दमा राखेको भनी दावी आइरहेका बेला साउदी अरबका विदेशमन्त्री अव्देल अल–जुबैरले हरिरि साउदी अरबबाट आफूले चाहेका समय स्वदेश फर्किन सक्ने बताएका हुन् ।

सन्चारकर्मीसँगको कुराकानीमा विदेशमन्त्री अल–जुबैरले बेरुतको हरिरिलाई नियन्त्रणमा राखिएको भन्ने आरोपको खन्डन गर्दै भने, ‘अनपेक्षित रूपमा गत नोभेम्बरमा ४ मा सुरक्षाको कारण देखाउँदै साउदी अरबबाटै राजिनामाको घोषणा गरेका हरिरिले लेबनान जान चाहेका समय साउदी अरब छोड्न सक्छन् । आफ्नो समय मिलाएर स्वदेश फर्किन उनी स्वतन्त्र छन् ।’

लेबनानी राष्ट्रपति मिसेल आउनले साउदी अरबले हरिरिलाई नजरबन्दमा राखेको आरोप लगाउँदै आएपनि ‘प्रधानमन्त्रीको नवघोषित फ्रान्स भ्रमण समस्याको समाधानको सुरुवात’ हुने बताएका छन् । (रासस/एएफपी)