
आयोगको निर्देशन विपरित ठूला होर्डिङ्ग बोर्ड सार्वजनिक स्थलमा टाँगेको, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सरकारी गाडी दुरुपयोग गरेको विषयमा उजुरी परेपछि कार्यालयले जिल्लाका सबै दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको हो ।
कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले ठूला रंगिन होर्डिङ बोर्ड टाँगेको भन्दै उजुरी परेको छ ।
यस्तै, जिसस प्रमुख नारायण खनालविरुद्ध गाडी दुरुपयोगको उजुरी परेको हो ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले मौखिक रुपमा सम्बन्धित पक्षलाई सचेत गराइएको जनाएको छ ।
कांग्रेस उम्मेदवारले सार्वजनिक स्थलबाट होर्डिङ बोर्ड नहटाउँदै बाम गठबन्धनका उम्मेदवारले पनि आचारसंहिता उल्लघंन गर्दै बोर्ड टाँगेका छन् । आचारसंहिता विपरित चुनाव प्रचारमा बालबालिकाको प्रयोग समेत गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्