१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


स्व. राजा वीरेन्द्रको सम्झना


0
Shares

गोदावरी, पुस १४ । तत्कालीन राजा स्व. वीरेन्द्र शाहको ७४औं जन्मजयन्तीको अवसरमा शनिबार उनलाई स्मरण गरियो ।

स्व. राजाले आफ्नो कार्यकालमा नेपाल र नेपालीलाई पुर्‍याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदका अध्यक्ष शंखर पौडेलले स्व. राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार राखे ।

वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्वराजाका प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जन, संवादसचिव डा. फणीराज पाठकलगायत धार्मिक संघ–संस्थाका प्रतिनिधि र समाजसेवीको उपस्थिति थियो ।

वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरबारमै सपरिवार हत्या भएको थियो । रासस