
पछिल्लोपटक पश्चिम रुकुम र रोल्पालगायतका क्षेत्रमा अज्ञात समूहले उम्मेदवारलक्षित आक्रमण गर्न थालेपछि सुरक्षामा चुनौती देखिएको हो ।
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वका ३१ ओटा मतदानस्थलमध्ये १७ ओटा अतिसंवेदनशील, १२ ओटा संवेदनशील र दुईओटा मतदानस्थल सामान्य अवस्थामा रहेका छन् ।
सुरक्षाका लागि जिल्लाका सबै मतदानस्थल र केन्द्रमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको जनशक्ति खटाउनुका साथै तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्