२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


लेवनानका प्रधानमन्त्रीले साउदी अरब छाडे, पेरिस प्रस्थान


0
Shares

साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भएको छैन ।

आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरिरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बताइएको छ ।

प्रधानमन्त्री हरिरी गत नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए ।

उनका बुवाको सन् २००५ मा हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै हरीरीले साउदी अरबको भ्रमणबाट लेबनान नफर्किएर पेरिस प्रस्थान गरेका छन् ।

फ्रान्सले लेबनानको राजनीतिक संकट समाधानका लागि मध्यस्थता गर्दै आएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले भने साउदी अधिकारीहरुसँग वार्ता गर्न हरिरीलाई पेरिस बोलाइएको बताएका छन् ।

लेबनानका अधिकारीहरुले हरिरीलाई साउदी अरबले नियन्त्रणमा लिएको भनेर गरिएको दाबीलाई रियादले झुठो बताउँदै आएको छ ।

साथै उसले हरिरीलाई राजीनामा दिन दबाव दिएको आरोपको पनि खण्डन गरेको छ ।

लेबनानमा इरान र हिजबुल्लाहले राजनीतिक हस्तक्षेप गर्दै आएको साउदीको आरोप छ । साउदी अरब इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो । (एजेन्सी)